दफा २१५
पुनरावेदनको सुनुवाई गर्नु पर्ने

(१) दफा २१४ बमोजिम म्याद तामेल भएपछि प्रत्यर्थी उपस्थित भई पुनरावेदक तथा प्रत्यर्थी दुवै तारिखमा रहेको भएसुनुवाईको लागि पेशी तारिख तोकी सोही दिन र निजहरूमध्ये दुवै वा कुनै एक पक्ष तारिखमा नरहेको भए पनिपुनरावेदन उपर सुनुवाई हुने तारिख तोकी पुनरावेदनको सुनुवाई गर्नु पर्नेछ ।
(२) दफा २१४ बमोजिम म्याद तामेल भएपछि प्रत्यर्थी उपस्थित नभएमा पनि पुनरावेदन सुन्ने अदालतले पुनरावेदन उपरसुनुवाई गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम पुनरावेदन उपर सुनुवाई गरेपछि पुनरावेदन सुन्ने अदालतले ठहरे बमोजिम निर्णय गर्नुपर्नेछ ।
(४) पुनरावेदन सुन्ने अदालतले पुनरावेदन उपर फैसला गर्दा अनुसूची–२३ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।